दुइ लाख नगदसहित १५ जना जुवाडे पक्राउ

सुर्खेत । सुर्खेतकाे वाेटेचाैरबाट प्रहरीले दुइ लाख नगदसहित १५ जना जुवाडेलाइ पक्राउ गरेकाे छ । गुर्भाकोट नगरपालिका-९ बोटेचौरस्थित रातो भाले कटेजमा तास खेलिरहेको अवस्थामा उनीहरूलाइ पक्राउ गरिएकाे हाे । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २९ वर्षीय भानु कँडेल लगायत १५ जना रहेकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ ।

अन्यकाे नाम भने प्रहरीले सार्वजनिक गरेकाे छैन् । बिहीबार राती कटेजमा जुवा खेलिरहेकाे सूचनाअनुसार प्रहरी चौकी मेहलकुना र अस्थाई प्रहरी पोष्ट बोटेचौरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे जनाएकाे छ । उनीहरूकाे साथबाट प्रहरीले नगद दइ लाख ३३ हजार सात सय ३४ रुपैयाँ र एक गड्डी तास समेत बरामद गरेकाे छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको पनि बताइएकाे छ ।


तपाईको प्रतिक्रिया