गुराँसमा जीवन सुरक्षा कोष कार्यक्रम प्रभावकारी बन्दै


दैलेख । गुराँस गाउँपालिकाले बालबालिकाको लागि संचालन गर्दै आएको जीवन सुरक्षा कोष कार्यक्रम प्रभावकारी बन्दै गएको छ । यस कार्यक्रमप्रति नागरिकको आकर्षण बढेको हो । कार्यक्रमले बालबालिकाको भविश्यलाई सहज बनाउन खोजेको भन्दै नागरिकहरुको आकर्षण बढेको हो । गरिबीकै कारण शिक्षा, स्वास्थ्यको पहुँचबाट वञ्चित नहुन् भन्नका लागि बालबालिकामैत्री कार्यक्रम सञ्चालन गरेको नागरिकमा जानकारी हुँदै गएपछि यो कोषको दायरा फराकिलो बन्दै गएको छ । अभिवावकहरु आफ्ना छोराछोरीको कोषमा रकम जम्मा गर्न उत्साहित भएका हुन । गाउँपालिका वडा नम्बर २ का ललिता गुरुङ्गले पालिकाबाट बालबालिकाको भविश्य पढाईमा सहज हुने कार्यक्रम रहेको भन्दै आफ्नो छोरालाई जीवन सुरक्षा कोषमा आवद्ध बनाएर रकम जम्मा गरिदिएको बताए । यस्तै वडा नम्बर १ खड्कवाडाका राम बहादुर खड्काले पनि आफ्नो छोरीको जीवन सुरक्षा कोषमा रकम जम्मा गरिदिएको र यो कार्यक्रमप्रति सबै अविभावको आकर्षण बढेको समेत बताए । यो कार्यक्रमको बारेमा वडा नम्बर २ दुवाडीका सावित्रा गुरुङ्गलाई थाहा थिएन । बालबालिकाको लागि जीवन सुरक्षा कोष नामक कार्यक्रम र यसमा जम्मा गरिने थाहा पाएपछि दशैँसम्म आफ्नो छोरीको कोषमा रकम जम्मा गरिदिने योजना बनाएको बताईन् । यता, गाउँपालिकाले २०७४ साल साउन १ गतेभन्दा पछाडी जन्मिएका बालबालिकाको लागि यो कार्यक्रम लागु गरिएको बताएको छ । यसको लागि अविभावकले चार हजार र गाउँपालिकाले १० हजार एउटा बालकको नाममा रकम उक्त कोषमा जम्मा गरिने गरिएको गाउँपालिका अध्यक्ष खेमराज ओलीले जानकारी दिए । सरकारले पनि आप्नो नागरिकको आर्थिक सुरक्षाको जिम्मेवारी लिनु पर्ने भन्दै अध्यक्ष ओलीले एउटा बालबालिका वयस्क उमेरमा पुग्दा त्यही रकमबाट शिक्षा दिक्षा प्राप्त गर्ने बताए । यो कार्यक्रमलाई अझै फराकिलो बनाउँदै गरिबीको रेखामुनी बाच्नुपर्ने बाध्यता हट्ने अध्यक्ष वलीको भनाई छ । जम्मा भएको रकम प्रत्येक वडाका महिला सहकारीहरुले उद्यम गर्नेहरुलाई सस्तो व्याजमा ऋण दिने गरेका छन । २० बर्षपछि एकजना बच्चाले करिब एक लाख रकम पाउने पनि जनाइएको छ । अहिलेसम्म यो कार्यक्रममा १२ सय जना बालबालिका अवद्ध भइसकेका छन ।

तपाईको प्रतिक्रिया