वीरेन्द्रनगर बसपार्कमा नागरिक सहयता कक्ष स्थापना


सुर्खेत । वीरेन्द्रनगर बसपार्कमा नागरिक सहयता कक्षको स्थापना गरिएको छ । चाडपर्व नजिकिएसंगै बसपार्कमा यात्रुहरुको भिडभाड बढ्ने भएका कारण यात्रुहरुको सहजताका लागी यात्रु सहायता कक्षको स्थापना गरिएको हो । शुक्रबार एक कार्यक्रमको आयोजना गरी समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ । कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरिक्षक पदम बहादुर बिष्टले नागरिकको जिउ ज्यानको सुरक्षामा सहजता प्रदान गर्ने लक्ष्यका साथ यात्रु सहायता कक्षको सुरु गरिएको बताए । प्रहरी उपरिक्षक विष्टका अनुसार पुर्वमा छिन्चु, पश्चिममा बड्डीचाैर र विरेन्द्रनगर बसपार्कमा यात्रु सहायता कक्षको स्थापना गरिएको हो । दशैँ तिहार छठ पर्वको समयमा ट्राफीक नियम उल्लघंन गर्ने, बस ब्यावसायीहरुले यात्रु तानातान गर्ने, तोकिएको भन्दा बढी भाडा असुल्ने, सिट क्षमता भन्दा धेरै यात्रुहरु राख्ने, तिब्र गतिमा सवारी चलाउने, मापसे गरी सवारी चलाउने भएका कारण यसलाई नियन्त्रण गर्नका लागी बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरी उपरिक्षक विष्टले जानकारी दिए । कार्यक्रममा जिल्ला ट्राफीक कार्यालय सुर्खेतका प्रमुख उपेन्द्र प्रशाद आचार्य, नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक, लाल बहादुर सुनार, सुर्खेत काँक्रेबिहार यातायात प्रालीका अध्यक्ष रमेश सापकोटा लगाएत यातायात व्यावसायहिरुको सहभागिता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया