टेलिकमद्वारा जेष्ठ नागरिकलाई सित्तैमा सिम

सुर्खेत । नेपाल टेलिकमले ज्येष्ठ नागरिकलाई सितैमा सिम कार्ड वितरण गर्न लागेको छ । टेलिकमले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर शुक्रबारदेखि ६० वर्ष माथि उमेरका ज्येष्ठ नागरिकलाई सिम कार्ड वितरण गर्न लागेको हो ।

संयुक्त राष्ट्र संघको आयोजनामा विश्वव्यापी रुपमा मनाईने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस अक्टोबर १ असोज १५ गते परेको छ । टेलिकमले दिवसको अवसर पारेर मुलुकभरका ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप असोज १५ गतेदेखि २५ गतेसम्म सितैमा सिम प्रदान गर्ने भएको हो ।

उक्त सिममा १० रुपैयाँ व्यालेन्स हुनुका साथै ४० मिनेट कुराकानी गर्ने, २० वटा सन्देश पठाउने र ६० एमबी डाटा प्रयोग गर्न सकिने सुविधा एक महिनासम्म उपलब्ध हुनेछ । नेपाल टेलिकमका देशभर रहेका कार्यालयका काउन्टरहरुबाट ज्येष्ठ नागरिकले यो सुविधाको उपयोग गर्न सक्नेछन् ।

यसका लागि एक प्रति पासपोर्ट साइजको फोटो, परिचय र उमेर खुल्ने नागरिकता प्रमाणपत्र वा जेष्ठ नागरिक परिचयपत्रको प्रतिलिपि संलग्न गर्नु पर्नेछ ।

तपाईको प्रतिक्रिया