रुकुम पश्चिम झडप : घाइतेलाई सुर्खेत ल्याईयो


सुर्खेत । रुकुम पश्चिममा दुई समूहबीच भएको झडपमा घाइते भएका दुई जनालाई हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याईएको छ ।
आठबिसकोट नगरपालिका-३ स्यालाखदिका दुई समूहबीच खुकुरी हानाहान हुँदा घाइते भएका तलिगाउँ टोलका २३ वर्षीय कणर्बहादुर बोहरा र माथि गाउँका ६२ वर्षीय लक्षे कामी गम्भीर घाइते भएका हुन् । उनीहरुलाई उपचारका लागि हेलिकप्टरमार्फत कणर्ाली प्रदेश अस्पताल सुर्खेत लगिएको प्रहरीले जनाएको छ । स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि सुर्खेतबाट हेलिकप्टर मगाएर कणर्ाली प्रदेश अस्पताल सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी कपिल जङ्ग शाहीले बताउनुभयो ।
तलिगाउँ र माथिगाउँ बीच पुरानो राजनीतिक रिसइबी, खानेपानी मुहानको पुरानो विवादका कारण घटना भएको प्रहरीले जनाएको छ । तलिगाउँका स्थानीय नेपाली कांग्रेस समर्थित र माथि गाउँका नेकपा माओवादी समर्थित रहेका छन् ।

तपाईको प्रतिक्रिया