तामाघारी सिम्ता खोलामा पुल बन्यो, सांसद शाहिद्वारा उद्घाटन


दुर्गा विसि ।
सुर्खेत । सिम्ता गाउँपालिका वडा -७ तामाधारीमा झुलुङे पुल उद्घाटन गरिएको छ । माननीय ध्रुव कुमार शाहीले उक्त पुलको उद्घाटन गरेका हुन । डम्बर घर्तीको अध्यक्षता गठन भएको उपभोक्ता समितिले पुल निर्माण कार्य सम्पन्न गरे पछि औपचारिकरुपमा पुलको उद्घाटन गरिएको छ ।आफ्नो पहलमा यो तामाघारि सिम्ता खोलामा वनेको पुल उद्घाटन गर्न माननीय शाहि त्यहाँ पुगेका थिए ।अरुले प्रचार गर्छन् हामी भने काम गर्छौ,यतिले अरु र आफुमा भिन्नता रहेको शाहीको भनाइ थियोे ।
उद्घाटन कार्यक्रममा सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसी,उपाध्यक्ष चन्द्रकला शाही वडा अध्यक्षहरू गेहेन्द्र कुमार हमाल, मोहान विसि वडा सदस्य नेत्रलाल महतारा र मोहान कुमार चन्द एमालेका नेता ऐन बहादुर चन्द,टेकेन्द्र बस्नेत र कोकिला सिह माओवादिका स्थानीय सिम्ता गाउँपालिका अध्यक्ष झुप बहादुर बुढा नेपाली काँग्रेसका घन बहादुर केसी लगाएतले पुल उद्घाटन सत्रमा धारणा राखेका थिए ।

साथै स्थानीय बासिहरुको समेत सहभागीता रहेको थियो । तामाघारि कालाखारा झुलुङे पुलबाट सिम्ता वडा ५ को आलि र वडा ७ को काप्रिचौरका करिव ३ सय वढि घरधुरिसँगै १ हजार वढि नागरिक लाभान्वित हुने जनाएको छ ।
संघ सरकार,प्रदेश सरकार,सिम्ता गाउँपालिका र हेल्भटासको सहयोगमा करिव ६० लाख लागतमा पुल निर्माणकार्य सम्पन्न भएको हो । करिव १६ महिनामा सिम्ता खोला तामाघारिमा पुल वने पछि स्थानीयलाई आवतजावतमा सहजता थप्ने जनाएको छ ।प्राविधिक सहयोग भने समृद्ध समाज विकास केन्द्रले गरेको थियोे । ६० मिटर लम्बाई रहेको यो पुल वने पछि वर्षातमा विद्यार्थीहरुलाइ निकै सजिलो हुने भएको छ ।

 

 

तपाईको प्रतिक्रिया