१५ सैयाकाे अस्पताल निर्माणमा जुट्यो सिम्ता


दुर्गा विसि ।
सुर्खेत । सिम्ता गाउँपालिकाले १५ शैयाको अस्पतालको भवन निर्माणकार्य सुरु गरेको छ । २ वर्ष भित्र सम्पन्न हुने गरि १४ करोड ५५ लाखमा माउण्टेन इन्फा कम्पनी काठमाडौं र गाउँपालिका विच सम्झौता भए पनि भवन १ वर्ष भित्र सम्पन्न हुने निर्माण कम्पनीको दावि छ । भवन उपयुक्त समय भित्र सम्पन्न हुने गरि काम अघि वढेको गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसिको भनाइ रहेको छ । १५ शैयाको अस्पताल जतिसक्दो चाँडै सम्पन्नता गरि सिम्तालि नागरिकको स्वास्थ्य उपचारमा निकै सजिलो हुने केसीको भनाइ छ । सिम्ता गाउँपालिकाको वडा ४ वजेडिचौरमा निर्माणकार्य हुदै गरेको अस्पतालको गुणस्तरीयता र छिटो छरितो काम होस भनेर गाउँपालिकाले निगरानी गरिरहेको प्रमुख प्रशासकिय अधिकृत टोपवहादुर रानाले वताए । भवन शिलान्यास काम धेरै अघि भए पनि वल्ल ठेकेदारले काम सुरु गरेको छ । १५ शैयाको अस्पताल निर्माणमा सिम्ता गाउँपालिका जुटे पछि स्थानीयले पनि राम्रो काम भनी प्रशंसा गरेका छन् । अर्कोथरिले कुपायक स्थानमा अस्पताल बन्न लागेकोमा विरोध समेत गरेका छन् ।


तपाईको प्रतिक्रिया