
काठमाडौं । बुद्ध एयरका चर्चित पाइलट शेर्पालाई विमान चलाउन रोक लगाईएको छ ।
७३ जना यात्रु चढेको बुद्ध एयरको विमानको पाङ्ग्रा नखुल्दा २ घन्टा आकाशमा फन्को मारेर सफल अवतरण गराएर चर्चा बटुलेका पाइलट आङ्गेलु शेर्पालाइ विमान चलाउन रोक लगाईएको हो । विमान दुर्घटनाबाट जोगिएपनि के कति कारणले पाङ्ग्रा नखुलेको हो र पाइलटको भूमिका के कस्तो छ भनी छानविन भइरहेको छ । यसकारण छानविन अवधिभर उनले विमान चलाउन पाउने छैनन् ।
नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार छानविन प्रतिवेदनपछि मात्र उनले विमान चलाउन पाउने या नपाउने टुंगो लाग्नेछ । त्यसबीच उनले विमान चलाउन पाउने छैनन् ।
११ असोजमा विराटनगरका लागि उडेको ७३ यात्रुसहितको विमान पाङ्ग्रा नखुल्दा आकाशमै होल्ड भएको थियो । तेल सकेर विमान अवतरण गर्न खोजिएकोमा अचानक पाङ्ग्रा खुलेको थियो ।


दर्शन खबर । १४ आश्विन २०७८, बिहीबार