सल्यानमा सुरक्षित प्रसूति हुनेको संख्या बढ्दै

सल्यान  । सल्यानमा स्वास्थ्य संस्थामै गएर सुरक्षित सुत्केरी हुनेको संख्या बढेको छ। घरमै सुत्केरी हुँदा जोखिम हुने भन्दै स्वास्थ्य संस्थाबाट प्रसूति गराउने महिलाको संख्या बढेको हो।

तीन आर्थिक वर्षको तथ्यांकमा स्वास्थ्य संस्था सुत्केरी हुनेको संख्या बढेको पाइएको छ।

आर्थिक वर्ष २०७५र७६ मा ३ हजार ६०४ जनाले स्वास्थ्य संस्थामै गएर प्रसूति सेवा लिएका थिए । आर्थिक वर्ष २०७६र७७ मा ३ हजार ७६९ जनाले स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसूति सेवा लिएका छन । आर्थिक वर्ष २०७७र७८ मा ४ हजार ७८ जनाले सेवा लिएका छन्।

गत आर्थिक वर्षमा जिल्लाका स्वास्थ्य संस्थाबाटै प्रसूति गराएका मध्ये ३ हजार ९५२ जनाले साधारण प्रसूति सेवा लिएका छन्। बाँकी १५६ जनाका शल्यक्रिया गरिएको छ। स्वास्थ्य संस्थामा प्रसूति हुने दर अघिल्लो वर्षभन्दा करिब ९ प्रतिशतले बढेको स्वास्थ्य सेवा कार्यालय सल्यानका कार्यालयका सूचना अधिकारी थलराज डिसीले जानकारी दिए।

जिल्ला अस्पताल सल्यानबाट मात्रै एक वर्षमा १ हजार ४८१ जनाले प्रसूति सेवा लिएको थिए।


तपाईको प्रतिक्रिया