धनन्जयको १५औँ बार्षीक साधारणसभा सम्पन्न


सुर्खेत । धनन्जय बहुउद्दश्यीय सहकारी संस्थाको १५ औँ वार्षीक साधारणसभा सम्पन्न भएको छ । विश्वभर फैलिएको कोरोना भाईरसको मध्यनजर गर्दै र सुरक्षाको मापदण्डहरु पालना गर्दै असोज ९ र १० गते संस्थाको १५ औँ साधारण सभा सम्पन्न गरिएको हो ।
आर्थिक बर्ष २०७७/०७८ मा ३ करोड ३६ लाख ८५ हजार ५५५ रुपैया बराबरको कारोबारो भएको संस्थाका कोषअध्यक्ष दयाराम पंगालीले जानकारी दिनुभयो ।
संस्थाले संस्थागत विकास र सदस्यहरुको आर्थिक समृद्धिका लागी म बनाउँछु मेरो सहकारी, म मेरो परिवार,र संगसंगै साथी, धनन्जय सहकारी सबैभनदा माथी भन्ने अभियानलाई सफलता पुर्वक लगीने योजना बनाईएको संस्थाले जनाएको छ । भविष्यका कणर्धार बालबभत सदस्य वृद्धी गर्न शेयर सदस्य वा परिवार भित्र नयाँ बच्चाको जन्म हुँदा बाल हित संरक्षण गर्नका लागी बच्च जन्मीएको ४५ दिन भित्र निवेदन दिएमा एक हजार रुपैँया सहयोग गर्ने र बच्चाको निशुल्क रुपमा खाता खोली बचत गर्ने व्यवस्था मिलाईने संस्थाका अध्यक्ष भलाराम पंगालीले जानकारी दिनुभयो । संस्थाका अध्यक्ष भलाराम पंगालीको अध्यक्षमा भएको साधारण सभा कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष तथा संरक्षक सल्लाहकार कृष्ण पंगेनी, उपाध्यक्ष डिला धमला, धनन्नय सेवा समाजका अध्यक्ष ऋषी राम शर्मा, सचिव देवेन्द्र शर्मा, कोषाध्यक्ष दयाराम पंगाली लगाएत शेयर सदस्यहरुको उपस्थी रहेको थियो ।


तपाईको प्रतिक्रिया