भवन बनेको २० बर्ष पुग्यो, अझै प्रयोगमा आएन


सुर्खेत । लेकवेशी नगरपालिका वडा नम्वर ३ कागते खोला नजीकै बनेको भवन प्रयोग विहिन बनेको छ । २०५८ सालमा सहरी विकासको लगानीमा बसपार्क संचालन र तरकारी मण्डी संचालन गर्नका लागी निर्माण गरिएको भवन र एक टहरो प्रयोग बिहिन बनेका हुन् । सावीक दशरथपुर गाविसबाट २०५७ सालमा बसपार्क निर्माण गर्न र तरकारी मण्डी संचालन गर्नका लागी ७० हजारमा उक्त जग्गा गरिद गरी २०५८ सालमा भवन निर्माण गरिएता पनी प्रयोगमा आउन नसकेको दशरथपुरका स्थानिय तोयनाथ शर्माले जानकारी दिए । भवन निर्माण भएको २० वर्ष पुग्दा पनी प्रयोगमा ल्याउन वडा सरकार र नगर सरकारले सकेको छैन् । अहिले सम्म भवन निर्माण र मर्मत सम्हार गर्दा करिव २ करोड भन्दा बढी खर्च भईसकेको लेकवेशी नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष थिर बहादुर चलाउनेले बताए । उनले भने ”पहिला एउटै गावीस थियो काम गर्न सहज थियो अहिले तरकारी मण्डीका लागी भनेर बनाईएको टहरो ४ नम्वरमा पर्छ बसपार्कका लागी भनेर निर्माण गरिएको भवन ३ नम्वरमा पर्छ” हामी वडा सरकारका प्रतिनिधी भएर पनी भवन प्रयोगमा ल्याउन सकेका छैनौँ । यस्तै वडा नम्वर ४ का वडा अध्यक्ष खगेन्द्र रुचालका अनुसार राज्यको लगानी भएको भवनहरु प्रयोगमा ल्याउन सकीएको छैन् । तरकारी मण्डीका लागी भनेर निर्माण गरिएको टहरोलाई वडाको बजेटमा मर्मत गरीयो तर अहिले प्रयोगमा आएको छैन । खोलाको नजकि रहेका यि २ वटा भवन प्रयोगविहिन हुदाँ वडा नम्वर ३ र ४ ले प्रयोगका लागी कुनै पन योजना बनाउन सकेका छैनन् ।