युवा संघ नेपाल सुर्खेतको अध्यक्षमा खत्री

सुर्खेत । नेकपा एकिकृत समाजवादी निटक युवा संघको सुर्खेत जिल्ला कमिटी गठन गरिएको छ । मंलवार पार्टी कार्यालय न्युरोडमा प्रकाश खत्रीको अध्यक्षतामा ९९ सय जिल्ला कमिटी गठन गरिएको हो । कमिटीको बरिष्ठ उपाध्यक्षमा रमेश सुनार, उपाध्यक्षमा केशव बयक, टोप बहादुर सुनार, प्रकाश रोका, सचिबमा तेज रोकाय, सहसचिबमा भुपेन्द्र मल्ल, प्रकाश खाँड, दुर्गा वली, मनोज घर्ती, कोषाअध्यक्षमा रिया शाही, सहकोषाअध्यक्ष उषा गौतम र पुष्पराज अधिकारी लगाएत ९९ सय सदस्यीय जिल्ला कमिटी गठन गरिएको युवा संघका केन्द्रीय कमिटीका सचिव जंग रानाले जानकारी दिए ।
नवगठित युवा संघले पालिका तथा वडा स्तरमा पनी युवा संघ गठन गर्ने र विकास निर्माण तथा सुसानलाई पार्दशी बनाउनका लागी खबरदारी गर्ने निणर्य गरिएको केनद्रीय सचिव रानाले जानकारी दिए ।


तपाईको प्रतिक्रिया