
सुर्खेत । सिम्ता गाउँपालिका वडा नम्वर ३ देउलीबाट वडा नम्वर ६ राकम जादैँ गरेको मिनी बस बजेडीचौरमा दुर्घटना भएको छ । २४ जना यात्रु सवार रहेको ना ७ ख ६० ६३ नम्वरको मिनीबस भानु मावी बजेडीचौर नजीकै विहान साढे ९ बजे सडकबाट २० मिटर तल खस्दा बसमा सवार सबै जना जना घाईते भएको ईलाका प्रहरी कार्यालय बादेपिलले जानकारी दिएको छ । घाईतेहरु मध्य गम्भीर चोटपटक लागेका ११ जना लाई उपचारका लागी मेहेलकुना अस्पताल पठाईएको प्रहरीले जनाएको छ । कच्ची सडक, र सडककमा ढुङ्गाहरु धेरै भएको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । दुर्घटनामा सामान्य घाईते भएका गाडी चालकलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बादेपिपलले जनाएको छ ।




दर्शन खबर । ६ आश्विन २०७८, बुधबार