संविधान दिवशको अवशरमा रक्तदान कार्यक्रम


वीरेन्द्रनगर । संविधान दिवसको अवसरमा नेपाल स्काउट कर्णाली प्रदेशले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश स्काउट कार्यलयमा ३० जनाको सहभागितामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो । नेपाल स्काउट कर्णाली प्रदेशका कार्यलयका प्रमुख नरेन्द्र बोहराले रक्तदान गरेर रक्तदान कार्यक्रमको उद्घाटन गर्नु भएको थिया, भने उक्त कार्यक्रममा कार्यलयका नायब सुब्बा गणेश पाण्डे ,नेपाल स्काउट कर्णाली प्रदेशका रोवर रेन्जर अर्जुन शाहि सहित १० जनाले रक्तदान गर्नु भएको थियो । रगत सङ्कलनका लागि नेपाल रेडक्रस सोसाइटी सुर्खेतबाट चार जनाको टोलिले सहयोग गरेका थिए ।

तपाईको प्रतिक्रिया