लेकवेशीमा वाली विमा सम्वन्धी अभिमुखीकरण


सुर्खेत । सुर्खेतको लेकवेशी नगरपालिका वडा नम्वर ९ र १० का किसानहरुलाई वाली विमा समवन्धी अभिुमीकरण गरिएको छ । साना किसान सहकारी संस्था लिमिटेडमा आवद्ध किसानहरुलाई हेल्भेटास नेपाल इन इलम परियोजनाको सहयोगमा साना किसान कृषि सहकारी सस्था लिमिटेड साटाखानीको आयेजनामा व्यवसायिक कृषि गरिरहेका किसानलाई अभिमुखीकरण गरिएको हो । व्यवसायिक रुपमा कृषि गर्दे आएपनि वाली र पुश विमा वारे किसानलाइ जानकारी नभएकाले उनीहरुलाई अभिमुखीकरण गरिएको सहकारीका प्रवन्धक हरि पौडेलले वताए । तालिममा केराखेती , बंगुरपालन, ड्राइगन फुड, तरकारी खेती, भैसीपालन लगायतका ४० जना किसानको सहभागिता रहेको थियो । तालिमको सहजीकरण हेल्भेटास नेपाल इन इलम परियोजनाका व्यवसाय विकास अधिकृत टेक वहादुर सिंह , एभरेष्ट इन्सुरेन्सका गणेश वलीले गरेका थिए ।

तपाईको प्रतिक्रिया