
सुर्खेत । भेरीगंगा नगरपालिका वडा नम्बर ८ स्थित मैनतडामा स्वास्थ्य चौकी भवन उद्घाटन गरिएको छ । नगरपालिकाको करिव डेढ करोडमा निर्माण हुने भवनको आईतवार नगर प्रमुख भुपेन्दबहादुर चन्द, उपमेयर रेणु आचार्य र वडा नम्बर ८ का वडाअध्यक्ष पदमबहादुर खत्रीले भवनको शिलान्यास गरेका हुन् ।

२ तलाको ३३ कोठाको भवन निर्माण पश्चात नागरिकहरुले, छिटोछरितो र गुणस्तरीय स्वास्थ्य पाउने बताए । नया निर्माण हुन लागेको स्वास्थ्य चौकी भवन बालमैत्री, अपांगमैत्री र प्राविधीमैत्री हुने नगरउपप्रमुख रेणु आचार्यले बताईन् । भवन निर्माण कामको जिम्मेवारी न्यु विशाल निर्माण सेवाले १ करोड ३७ लाखमा जिम्मा लिएको छ । सम्झौता बमोजिम निर्माण कम्पनीले चालू आर्थिक बर्षको असार मसान्त सम्ममा काम सक्नु पर्ने वडाअध्यक्ष खत्रीले जानकारी दिए ।


दर्शन खबर । ३ आश्विन २०७८, आईतवार