अलमलमा सुर्खेत विमानस्थल स्तरोन्नतिको काम

सुर्खेत । स्थानिय नागरिकहरुले असहमती जनाएपछी सुर्खेत विमानस्थल स्तारोन्नतीको काम रोकीएको छ ।
विमानस्थल प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले असहमति जनाएपछि एक वर्षयता विमानस्थल विस्तारको काम हुन सकेको छैन ।
प्रक्रिया अघि बढिसकेको अवस्थामा पनि स्थानीयको असन्तुष्टिका कारण काम बिचमै रोकिएको हो । बाक्लो बस्ती तथा भौतिक संरचना मासेर विमानस्थल विस्तार गर्नुभन्दा अन्यत्रै विकल्प खोज्नुपर्ने स्थानीयको माग छ ।
त्यसका लागि ३० बिगाहा जमिन अधिग्रहण गर्नुपर्ने भए पनि जग्गा अधिग्रहणमा समस्या भएपछि स्तरोन्नतिका कामहरू रोकिएका हुन ।
एक हजार पाँच सय ५५ मिटरको धावनमार्ग बनाउने र रात्रीकालीन उडान भर्ने गरी विस्तार गर्ने भने पनि लामो समयसम्म निर्माणको गति अघि बढ्न सकेको छैन । गत आर्थिक वर्षमा प्रदेश सरकारले उक्त योजनाका लागि विनियोजन गरेको ५० करोड बजेट फ्रिज भएको छ ।
नागरिक उड्डयन प्राधिकरण सुर्खेतका प्रमुख उमेशकुमार पन्थीले विमानस्थल विस्तारबारे पछिल्लो पटक आफूलाई कुनै पनि जानकारी नआएको प्रतिक्रिया दिएका छन् ।
विमानस्थल विस्तारका लागि भन्दै गत वर्ष सरकारले उक्त क्षेत्रको जग्गा रोक्का गरेको । यता विमानस्थल विस्तारका प्रभावित क्षेत्रका बासिन्दा टिकाराम आचार्यले रोक्का गरेको जग्गा फुकुवा नगर्दा नागरिकहरु समस्यामा रहेका बताए । जिल्ला प्रशासन कार्यालयमा जग्गा रोक्का फुकुवा गरिदिन निवेदन दिए पनि सुनुवाइ नभएको आचार्यलेले बताए ।

तपाईको प्रतिक्रिया