सुर्खेत । नेपाल र चीनबीचको सीमा विवादबारे अध्ययन गर्न बनेको टोली हुम्लाको हिल्सातर्फ गएको छ । शनिबार हुम्ला सदरमुकाम पुगेको टोली सोमबार हिल्सातर्फ गएको हो ।
सरकारले सीमा विवादबारे अध्ययन गर्न गृह मन्त्रालयका सहसचिव जयप्रसाद आचार्यको नेतृत्वमा तीन सदस्यीय टोली बनाएको थियो ।
हुम्ला सदरमुकामबाट हिल्सा जाँदा भने टोलीमा सात जना रहेको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए ।
सहायक प्रजिअ राईका अनुसार गाडी पुग्ने ठाउँसम्म गइसकेपछि टोली पैदल हिँड्ने छ ।
नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङका अनुसार हुम्ला सदरमुकामदेखि हिल्सा क्षेत्रमा जान डेढ दिन लाग्छ । अध्ययन टोली आज लिमी बास बस्ने उनले बताए ।
उनका अनुसार हिल्सा क्षेत्रका ७ देखि १२ नम्बर सम्मको स्तम्भहरूमा केही तलमाथि देखिएको छ ।
गत वर्षको असोजदेखि नेपाल र चीनबीच सीमा तलमाथि भएको पाइएको छ ।
चीनको सीमानामा पर्ने नाम्खा गाउँपालिका-६ मा पर्ने लाप्चा क्षेत्रमा चिनियाँ पक्षले भवन बनाएदेखि विवाद देखिएको छ ।
सीमा विवादबारे अध्ययन गर्न बनेको टोली हिल्सा गयो
तपाईको प्रतिक्रिया
दर्शन खबर । २८ भाद्र २०७८, सोमबार