सुर्खेत । एकात्मक राज्य व्यवस्था हुदाँ राज्यको कुनै पनी नजर पर्न नसकेको भेरिगंगा नगरपालिका वडा नम्वर १ को अहिले मुहार फेरिन थालेको छ । साविकको लेखपराजुल गाविस हाल भेरिगंगा नगरपालिका वडा नम्वर १ पुर्वाधार देखी लिएर सामाजिक विकासका कामले गती लिएको छ ।
स्थानिय तहको निर्वाचन पुर्व विकट गाउँको रुपमा रहेको लेखपराजुल अहिले विकसित हुदैँ गएको छ । २०७४ सालमा स्थानिय तहको निर्वाचन भए पश्चात निर्वाचित जनप्रतिनिधी आएपछी वडा नम्वर १ को विकासले फड्को मार्न थालेको छ । जनप्रतिनिधी विहिन रहेको लेखपराजुलका स्थानिहरु हिडेर दैनीक ५ देखी ७ घण्टा सदरमुकाम वीरेन्द्रनगर जानु पर्ने बाध्यता थियो । पहाडको बाटो कष्टपुणर् यात्रा गर्नु पर्ने बाध्यकारी अवस्था रहेको थियो । खोलाहरुमा पुलहरु थिएनन्, बर्षातको समयमा घण्टौँ कुरेर खोला तर्नु पर्ने अवस्था थियो । गाउँ बस्तीमा विरामी बोक्नका लागी एउटा स्ट्रेचर समेत थिएनन्, । घण्टौँ हिडेर खानेपानीको जोह गर्नु पर्ने बाध्यता थियो । त्यही पानी भर्नका लागी लाईन बस्नु पर्ने अवस्था रहेको थियो । पशु चौपायलाई पानी खुवाउन पनी निकै समस्या रहेको थियो । खेतबारी सिचाईका लागी त्यस्तै समस्या खेप्नु परेको थियो । जसले गर्दा नागरिकको आय स्तर सुधार हुन सकेको थिएन । विद्यालयमा गुणष्तरिय शिक्षाको अभाव थियो । भेरिगंगा नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष नवराज कार्कीका अनुसार वडा नम्वर १ को टाकुरीका बालबाच्चाहरु उचित शिक्षा दिक्षाबाट बन्चीत भएका थिए । कृषी र पशुपालनको प्रचुर सम्भावना बोकको वडा नम्वर १ मा प्राबिधिक ज्ञानको अभावमा किसानहरुले चाहे जस्तो प्रतिफल लिन सकिरहेका थिएनन् ।
२०७४ सालमा वडामा जनप्रतिनिधी आएपश्चात प्रत्येक टोल बस्तीमा मोटरबाटो पुगेको वडा अध्यक्ष नवराज कार्की बताउँछन् । खास गरी सत्तरी देखी मोहोटी बसेरी सालघारीको सडक सिम्बास हुदौ धनुवास सम्म पुगेको छ, भने अन्य टोलहरुमा जोड्ने सडकहरु निर्माण भएको वडा अध्यक्ष कार्की बताउँछन् ।
बर्षातको समयमा खोला नालामा सास्ती खेप्दै आएका जनताहरु पुल बनेपछी खुशी भएका छन् । सिम्बास खोलामा काठको पुल, छेडा खोलामा पुल र भेरि नदिमा पुल बने पछी स्थानियलाई सहज भएको छ । थुप्रे खोलामा तटबन्धन निर्माण कार्य समेत भएको र नदी कटानको समस्याबाट जनताले छुटकारा पाएको वडा अध्यक्ष नवराज कार्कीले जानकारी दिए ।
वडामा जनप्रतिनिधी आएपश्चात खानेपानीको समस्या भएका क्षेत्रहरुमा खानेपानीको सुविधा पुगेको छ । जस अन्तरगत सिसौसालघारी खानेपानी, सुनकाउली खानेपानी, धनुवास खानेपानी, सिम्बास बसेरी खानेपानी, र बसेरी खानेपानी आयोजना सोलार लिफ्टिङ्ग खानेपानी आयोजना सम्पन्न भएको वडा अध्यक्ष कार्कीको भनाई रहेको छ ।
वडा नम्वर १ का प्रत्येक टोल र बस्तीहरुमा सिचाई पाईप बितरण, सिचाई कुलो निर्माण कार्य समेत सम्पन्न भई जनताहरुले प्रत्यक्ष रुपमा लाभ लिईरहेका छन् । अहिले वडामा आधारभुत स्वास्थ्य सेवा संचालनमा आएको छ । समय समयमा घुम्ती शिविर समेत संचालन समेत भईरहेको छ । भौगोलिक विकटतालाई मध्यनजर राख्दै नगरपालिका स्तरबाट पनी विभिन्न योजनाहरु संचालन भएका छन् । उच्च शिक्षाका लागी वडा स्तरमै दश जोड २ का कक्षाहरु संचालन भईरहेका छन् जसका कारण बालबालिकाहरु उच्च शिक्षा लिनका लागी सदरमुकाम वीरन्द्रनगर जानु पर्ने बाध्यता टरेको छ । दलित बस्तीको बाहुल्यता रहेको टाकुरीमा नयाँ विद्यालयको अनुमती लिई कक्षा १ देखी ३ सम्म पढाई भईरहेको छ भने विद्यालयकै पुर्वाधार निर्माण तर्फ माबी भञ्याङमा २ कोठे पक्की भवन, शौचालय तथा तारबार, ल्याव सेवा,पुस्तकालय निर्माण गरिएको छ ।
जनआस्था प्रावी टाकुरीमा ४ कोठे पक्की भवन निर्माण, प्राबी सालघारीमा शौचालय निर्माण, तथा मर्मत सम्हार शैक्षकि सामाग्री खरीद, जनजागरण प्रावीमा खेलमैदान निर्माण, प्रत्येक विद्यालयमा सरस्वती मन्दीर निर्माण कार्य गरिएको छ भने शैक्षीक सुधारका क्रीयाकलापहरु संचालन भईरहेका छन् ।
यस वडाको मुख्य पेशा व्यावसायको रुपमा रहेको कृषी तथा पशुपालन ब्यावसायलाई व्यावसायीक र प्रबिधीमैत्री बनाउनका लागी किसानलाई आधारभुत तालिम विउविजन बितरण तथा उपकरणहरु सहयोग गरिएको छ । वडा नम्वर १ लाई बाखा्रको पकेट क्षेत्र घोषणा गर्ने र बाख्रा स्रोत केन्द्रको रुपमा विकास गर्ने योजना वडाले लिएको वडा अध्यक्ष कार्कीको भनाई रहेको छ ।
सामाजिक सांकृतिक, अर्थिक रुपान्तरणका क्रीयाकलापहरु समेत संचालन गरी महिला हिंसा, बालबिवाह न्युनीकरण, सुसासनलाई पारदर्शी बनाउदै समुन्नत वडाको रुपमा विकास गर्नका लागी वडा सरकार लागी परेको छ ।
चुनावमा गरेका प्रतिबद्धता पुरा गर्ने गरी काम गरेका छौँ – वडा अध्यक्ष कार्की
तपाईको प्रतिक्रिया
दर्शन खबर । २८ भाद्र २०७८, सोमबार