भाैतिक र शैक्षीक रुपमा अब्बल बन्दै जनक माबी गमखोला


सुर्खेत । लेकवेशी नगरपालिका वडानम्वर ४ मा रहेको जनक मावी गमखोला लेकवेशीकै अब्बल विद्यालय बन्दै गएको छ । विद्यालयको भौतीक संरचना सुधार भए संगै शैक्षीक गुणस्तरमा पनी सुधार आएको छ । हेर्दा पनी सुन्दर देखीने जनक मावी गमखोलाको प्रवेशद्धारमै अभिभावक ज्यु कता जान लाग्नु भयो एक पटक विद्यालयमा पस्नुहुन्छ की भनेर लेखिएको छ । यो भनाईले पनी अभिभावकको ध्यान आर्कषीत गर्दछ । विद्यालय क्षेत्रभित्र जाँदा मनोरम दृष्य देख्न पाईन्छ । विद्यालका भित्ताहरुमा पेन्टीङ्ग गरिएको छ, भने कोभिड संक्रमणबाट सुरक्षीत रहका लागी खानेपानी र हात धुनकालागी छुट्टा छुट्टै धराहरु, उपयुक्त शौचालयको व्यवस्था गरिएको छ । विद्यालयका प्रधानाध्यापक युवराज खत्रीका अनुसार विद्यालयमा सुरक्षाका मापदण्डहरु पुरा गरी पठन पाठन सुरु गरिएको छ । करिब ५ सय जना विद्यार्थी रहेको जनक माबी गमखोलाले मावी स्थापना भएको छोटो समयमा फरक पहिचान बनाउन सफल भएको छ । मल्टीमिडीया प्रणालीबाट अध्ययन सुरु गरेपछी शैक्षीक गुणस्तरमा सुधार आएको प्रअ खत्री बताउँछन् । कोभिडको संक्रमण पश्चात ४ महिना पछी विद्यालय आउन पाउँदा विद्यार्थीहरु पनी हर्षीत भएका छन् । विद्यालय संचालनमा आएपछी विद्यालयलेनै विद्यार्थीहरुलाई मास्को व्यवस्था साबुन पानीको व्यवस्था गरिएको प्रधानाध्यापक युवराज खत्रीले जानकारी दिए । करीब सवा करोडको लागतमा विद्यालयको नयाँ भवन निर्माण गरिएको छ, तर विद्यालयको आफ्नै खेलमैदान भने प्रयाप्त मात्रामा छैन, जसले गर्दा विद्यार्थीहरुलाई विभिन्न खेलहरु खेलाउन समस्या भएको प्रअ खत्रीले गुनासो पोखे, उनि भन्छन्, विद्यालयको प्रयाप्त जग्गा छैन् खेलमैदानको अभाव छ तर पनी लेकवेशीमा हाम्रो विद्यालयले राम्रो नतिजा ल्याउन सफल भएको छ । अहिले जनक मावी गमखोलामा वडा नम्वर ५, वडा नम्वर ४ र वडा नम्वर ३ बाट विद्यार्थीहरु अध्ययन गर्न आउने गरेका छन् ।
कक्षा ९ मा अध्ययनरत ताजकी हमाल भन्छीन्, हम्रो विद्यालयमा पहिलाको भन्दा अहिले धेरै सुधार भएको छ । ४ महिना सम्म घरमा बस्दा पढाईनै नहुने होकी भन्ने चिन्ता लागेको थियो तर कोभिडको समयमा पनी हाम्रा शिक्षकहरुले हामिलाई बेलाबेलामा सम्पर्क गरीहरनु भएको थियो । पहिला कक्षाकोठाहरु प्रयाप्त थिएनन्, धेरैजना विद्यार्थी एकैठाउँमा बसेर पढ्नुपर्ने अवस्था थियो तर अहिले सुन्दर सान्त बातावरणमा पढाई हुने गरेको छ । हाम्रो विद्यालय पनी नमुना विद्यालय बनोस भन्ने चाहाना राखोको छु ताजकी हमालले भनिन् ।

तपाईको प्रतिक्रिया