उज्यालो वडा बनाउने सपना बोकेका, वडा अध्यक्ष बुढा


सुर्खेत । उमेरले ७० नाघेका भेरिगंगा नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष नन्द बहादुर बुढा रात दिन जनताको सेवा खटीईरहेका छन् । उमेरले नेटो काटिसकेको वडा अध्यक्ष बुढाको जोस जाँगर भने १६ वर्षे तन्नेरीको भन्दा कम छैन । वडा अध्यक्ष बुढाको दैनीकी भने अचम्मको छ । ७० वर्षको उमेरमा पनी उनी दैनीक ४ हिडेकै हुन्छन् । उनी भन्छन् विहान उठ्नासाथ कालपानीबाट छिन्चु बजार सम्म २ घण्टा हिडेर चिया पिउन र जनताको सेवा गर्नका लागी जान्छु, १० बजे कार्यालयको काम काज गर्न फेरी २ घण्टा हिडेर कार्यालय फर्किन्छु । उमेरले ७० काटे पनीे जनताको सेवामा म रात दिन दौडधुप गरिरहेको छु ।
वडा अध्यक्ष बुढाका अनुसार फागुन महिना भित्र वडामा बिजुली बत्ती बाल्ने तयारी भईरहेको छ । अहिले विद्युतको पोल र तारहरु तान्ने काम भईरहेको छ । वडा कार्यालय सम्म सडक पहुँच पुगेको छ । सडक निर्माण गरे पनी के गर्नु हिउदको समयमा सडक राम्रो हुन्छ तर वर्षातको समयमा सडक नाजुक हुन्छ । यस तर्फ प्रदेश सरकार र केन्द्र सरकारको ध्यान नगएको वडा अध्यक्ष बुढाको गुनासो रहेको छ । वडा तहमा थोरै बजेट हुन्छ, अब त्यो बजेटले ठुला योजनाहरु बनाउन सक्दैनौ बुढा भन्छन् । स्वास्थ्य चौकी भवन निर्माण भई सेवा प्रवाह सुरु भएको छ । जनताले घरदैलोमै सेवा पाएका छन् । खाने पानीको यस वडामा समस्या रहेको छ । संघीय सरकारबाट खोनेपानीका लागी योजना परेको थियो उक्त योजना सम्पन्न गर्न हामी लागीरहेका छौँ, यो आयोजना पनी यस वर्षनै सम्पन्न गर्छौँ । वडा स्तरबाट निर्माण गरिएका केही खानेपानी आयोजनाहरु बर्षातको समयमा खोलाले बगाएको वडा अध्यक्ष बुढा बताउँछन् । तर निर्वाचनका बेला गरेका बाचाहरु केही हदसम्म पुरा गर्न सफल भएता पनी केही बाचाहरु पुरा गर्न नसकोमा दुखी भएको वडा अध्यक्ष बुढा बताउँछन् ।

तपाईको प्रतिक्रिया