काठमाडौँ । बैशाख बाट रोकिएको सवारी चालक अनुमतिपत्रको परीक्षा आगामी भदौ २० गतेबाट सुरु हुने भएको छ । कोरोना महामारीको दोस्रो लहरका कारण गत बैशाख १५ गतेबाट रोकिएको थियो । यातायात व्यवस्था कार्यालयले एक सूचना जारी गर्दै परीक्षा २० गतेबाट सुरु गर्ने भएको हो ।
यातायात व्यवस्था कार्यालयले आवेदन दिएर प्रक्रीया सुरु भइसकेका निवेदकहरुको मात्र परिक्षा हुन पाउने कार्यालयले जनाएको छ ।
आइतबार जारी विज्ञप्तिअनुसार प्रयोगात्मक परीक्षाको लागि आवेदन दिई बायोमेट्रिक गरेका लिखित परिक्षामा संलग्न हुने सम्पूणर् परीक्षार्थीहरु, लिखित परीक्षा दिई प्रयोगात्मक परिक्षामा सहभागी हुने सम्पूणर् विद्यार्थीहरु, प्रयोगात्मक परीक्षामा अनुत्तीणर् भई पुनः प्रयोगात्मक परीक्षामा सहभागी हुन बाँकी परीक्षार्थीहरु, कार्यालयमा उपस्थित भई बर्ग थपको लागि राजस्व बुझाइसकेका सेवाग्राहीहरुका लागि मात्र परीक्षा सञ्चालन हुने जनाइएको छ ।



दर्शन खबर । १३ भाद्र २०७८, आईतवार