सिम्तामा खुला पुरुष फुटबल प्रतियोगिता सम्पन्न


सुर्खेत । सिम्तामा खुला पुरुष फुटबल प्रतियोगिता सम्पन्न भएको छ । शक्तीशाली युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा आयोजक टिम प्रथम भएको छ भने रोयल सिम्ताली युवा क्लब उप बिजेता भएको छ । भदौ १५ गते देखी १९ गते सम्म संचालन भएको खुला फुटबल प्रतियोगिताको विजेता समुहले नगद ५० हजार सहित ट्रफी, मेडल, प्रमाणपत्र र उपविजेता समुहले नगर ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेको शक्तीशाली युवा क्लबका अध्यक्ष गंगाराम सापकोटाले जानकारी दिए ।
प्रतियोगितामा सुर्खेतको सिम्ता सहित रुकुम, सल्यान र कोहलपुरका गरी २२ टिमको सहभागिता रहेको थियो । भदौ १९ गते सम्पन्न भएको प्रयोगिताको समापन समारोहमा नेपाल कंग्रेसका क्षेत्रीय सभापती खड्ग पोख्रेल, गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन, नेपाली कंग्रेस सिम्तामा युवा नेता मोहन राना, स्वास्थ्यकर्मी संघका केन्द्रीय उपाध्यक्ष किरण वली, सिम्ता गाउँपालिका वडा नम्वर ७ का वडा अध्यक्ष गेहेन्द्र हमाल लगाएको उपस्थीती रहेको शक्तीशाली युवा क्लबका अध्यक्ष गंगाराम सापकोटाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया