मन्त्री बरखास्त गर्न माग गर्दै मुख्यमन्त्री कार्यालय घेराउ


सुर्खेत । कर्णाली सरकारका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई बर्खास्तीको माग गर्दै युवा संघ र अनेरास्ववियुले मुख्यमनत्री कार्यालय घेराउ गरेको छ ।
युवासंघ नेपाल र अनेरास्ववियुले मन्त्री शाहीको बर्खास्ती माग गर्दै आज मुख्यमन्त्री कार्यालय घेराउ गरेका हुन् ।
एक महिलाले २०७६ माघमा मन्त्री शाहीले बलात्कार गरेको आरोप लगाएकी थिइन् । घटनाबारे सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि भने ती महिलाले मन्त्रीमाथिको आरोप निराधार भएको सामाजिक संजालमा प्रतिक्रीया दिएक िछन् ।
सचिवालयले ती महिलाले आर्थिक लाभका लागि मन्त्रीलाई बलात्कार आरोप लगाएको बताउँदै आएको छ । घटना बाहिरएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मन्त्रीले नैतिकताका आधारमा मन्त्रीलाई बरखास्त गर्न माग गरेको छ । सत्ता साझेदार नेपाली कांग्रेसले पनि घटनाको सत्यतथ्य छानविन गर्नुपर्ने माग गरेको छ। सुर्खेतका विभिन्न संघसंगठनले पनि बलात्कारको आरोप लागिसकेपछि मन्त्रीले नैतिकताका आधार राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।