लेकवेशीका ९ वटा वडामा एमालेको भेला सम्पन्न – पार्टी थप बलीयाे बनेको दावी

सुर्खेत । नेकपा एमाले लेकवेशीे वडा स्तरमा विस्तारीत भेलाहरु सम्पन्न गर्ने चरण रहेको छ । १० वटा वडा हरु मध्य ९ वटा वडाहरुमा विस्तारित भेला सम्पन्न भईसकेको छ भने वडा नम्वर ८ को भेला १३ बाँकी रहेको छ । नेकपा एमाले २०७५ जेठ २ मा फर्कीए संगै पुराना कमिटीहरुलाई शक्रीय गराउने काम भईरहेको एमाले लेकवेशीका अध्यक्ष टिकाराम सोमै बताउँछन ।
वडा स्तरका धेरै जसो भेलाहरु नेकपा एमाले ध्रुव कुमार शाही लगाएत जिल्ला स्तरका नेताहरुको सहभागितामा भएको छ । यसै क्रममा विहिवार वडा नं १० को कार्यकर्ता भेला स्थानीय पोखरीचौरमा सम्पन्न भएको छ । भेलालाई संवोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले सुर्खेतका अध्यक्ष धुर्वकुमार शाहीलेसमाज रुपान्तरण पार्टी भनेकै नेकपा एमाले भएको भन्दै र त्यसको नेतृत्व एमालेले गर्ने दावी गरे । कम्युनिस्ट पार्टीको मुलधार नेकपा एमाले भएकोले विगतका घटनाहरुवाट पाठ सिक्दै सवै नेता कार्यकर्ता अघि वढ्नुपर्ने उनको भनाइ थियो ।
नेकपा एमालेको सरकारले गरेका कामहरूको चर्चा गर्दै मदन भण्डारी राजमार्ग एमालेको सरकारले टेण्डर सम्पन्न भई र अहिले सडक आसपासका रुखहरुको लगत संकलन गर्ने काम भईरहेको जानकारी दिए ।
अध्यक्ष शाहीले सुकुम्बासीहरुका समस्या समाधान गर्न २०५२ सालवाट एमालेले काम सुरु गरेको र कांग्रेसले अवरोध गर्दै आएको आरोप लगाए । आयोगले केही महिनाभित्रै सुकुम्बासीका हातहातमा लालपुर्जा उपलब्ध गराउने तैयारी गरिरहेको बेला वर्तमान देउवा सरकारले आयोग नै विघटन गरिदिएको गर्दा जनताहरुमा निरासा पैदा भएको बताए ।
नेकपा एमाले प्रदेश कमिटी सदस्य एवम् सुर्खेत प्रदेश विनार्चन क्षेत्र नम्वर २ मा प्रदेश सभा सदस्य खड्कवहादुर खत्रीले विकास निर्माणमा हुने अनियमितता र भ्रष्टाचारलाई एमाले कार्यकर्ताहरुले खवर्दारी गर्नुपर्ने बताए ।
भेलामा लेकवेसी नगरपालिकाका प्रमुख गगनसिं सुनारले केपी ओलीको नेतृत्वको एमाले पार्टीले आगामी निर्वाचन सजिलै जित्ने दाबी गरका छन् ।
यसअघि कांग्रेसले लेकवेसीका केही वडाहरु जितेपनि अब चाहिँ नेकपा एमालेले जित्ने दाबी उनको छ ।

तपाईको प्रतिक्रिया