एमाले पार्टीमा आवद्ध हुन भेरीगंगा नगर कमिटीकाे अपील

सुर्खेत । एमाले भेरीगंगाले पार्टीमा आवद्ध हुन कार्यकर्तालाई अनुरोध गरेको छ ।
नेकपा एमाले भेरिगंगा नगर कमिटीको भदौ ९ गते बसेको बैठकले एमाले पार्टी छोडेर विभिन्न पार्टीमा गएकाहरुलाई पार्टिमा फर्किन आग्रह गरेको नेकपा एमाले नगर कमिटी भेरिगंगाका संयोजक टिकाराम सुवेदीले जानकारी दिए । पार्टिलाई अझा बलीयो सबल र सुदृढ बनाउन सबै नेपाली जनतालाई पाटीमा आवद्ध हुन अपिल गरिएको संयोजक टिकाराम सुवेदीले जानकारी दिए । संयोजक सुवेदीका अनुसार भदौ महिना भित्र सबै वडा तहमा वडा विस्तारीत भेला, सदस्यता नवीकरण सम्पन्न गर्ने योजना रहेको छ । यसैगरी भदौ ११ गतै वडा नम्वर १२ को वडा विस्तारीत भेलाको आयोजना गरीएको सुवेदीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया