सौर्य बत्ती र खाद्यान्न पाएपछी धनुवास गाउँका स्थानिय हर्षीत


सुर्खेत । भेरिगंगा नगरपालिका वडा नम्वर १ को धनुवास गाउँका ८८ घर परिवारलाई सौर्य बत्ती र खाद्यान्न सहयोग गरिएको छ ।
वडा अध्यक्ष नवराज कार्किको पहल तथा भेरीगंगा जेसीजको आयोजना तथा रेरी बाँकेको र रोटरी नेपाल साक्षरता अभियानको सहयोगमा नमूुना जेसीज गाँउ धनुबासका बिपन्न ५६ घर परिवारलाई सौर्य बत्ती र ३२ घर परिवारलाई खाद्यन्न सामाग्री सहयोग गरिएको हो ।
खाद्यान्न तथा सौर्य बत्ती पाए पछी स्थानिय खुशीले गदगद भएका छन् । विजुली बत्ती नपुगेको घनुवास गाउँका स्थानियहरु टुक्कीको भरमा बस्न बाध्य भएका थिए सौर्य उर्जा पाएपछी बालबालिकाहरुको पढाईमा सहयोग पुग्ने भन्दै वडा अध्यक्ष कार्कीलाई स्थानियले धव्यावद समेत दिएका छन् ।
रेरी बाँके र रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ नेपाल-भुटानको सहयोगमा भेरीगंगा जेसीज २०२१ को समन्वयमा उक्त सामाग्री वितरण गरिएको भेरिगंगा नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष तथा भेरीगंगा जेसीजका महासचिव नवराज कार्कीले जानकारी दिए ।
भेरीगंगा जेसीज वर्ष २०२१का अध्यक्ष रामु सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ नेपाल-भुटानका डिस्ट्रिक गभर्नरका सन्तोष रिजाल, रेरी बाँकेका अध्यक्ष पुनित विक्रम शाह, नेपाल जेसीजका पूर्व कार्यकारी उपाध्यक्ष तथा रोटरी दाङका पूर्व अध्यक्ष तीर्थ पौडेल
भेरीगंगा नगरपालिका वडा नम्बर १ का अध्यक्ष तथा भेरीगंगा जेसीजका महासचिव नवराज कार्की र भेरीगंगा जेसीजका पदाधिकारीहरु लगायतको सहभगिता रहेको थियो ।

तपाईको प्रतिक्रिया