पशुपंक्षी तालीम केन्द्रको नयाँ भवन उद्घाटन


सुर्खेत । व्यावसायीक कृषक उत्पादनका लागी वीरेन्द्रनगरमा कृषी तथा पशु पंक्षी ब्यावसाय प्रवर्दन प्रशिक्षण केन्द्रको उद्घाटन गरिएको छ । सोमवार वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ५ निर्माण भएको नवनिर्मीत भवनको उद्घाटन गरिएको हो । कणर्ाली प्रदेश सरकार भुमी व्यवस्था कृषी तथा सहकारी मन्त्रालय कृषी तथा पशुपंक्षी व्यावसाय केन्द्रको आयोजना तथा नेपाल लाईभ स्टक सेक्टर ईनोभेसन प्रोजेक्टको सहआयोजनामा नवमिर्मित भवनको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा बोल्दै भुमि व्यवस्था कृषी तथा सहकारी मन्त्री कुर्मराज शाहीले कणर्ालीको विषेशता गरिवी, आर्थिक अभाव र दक्ष जनशक्तीको अभाव रहेको बताए । मन्त्री शाहीले कृषी र पशु कणर्ालीको प्रमुख मेरुदण्ड भएको बताए । नेपालमा राजनीतीक क्रान्ती सम्पन्न नभएको अवस्थामा कृषी क्रान्ती गर्नका लागी चुनौती रहेको समेत मन्त्री शाहीले जिकीर गरे । यस्तै कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव राजेन्द्र प्रशाद मिश्रले कृषकलाई ब्यावसायीक बनाउन मन्त्रालयले सक्दो सहयोग गर्ने र तालीम केन्द्रले नतिजा आउने गरि काम गर्नु पर्ने बताए । कृषी तथा पशु तालीम केन्द्र कणर्ालीमा स्थापना भए संगै सहकारी तालीम केन्द्र स्थापना भए संगै सहकारी तालिम केन्द्र सथापनाका लागी पनी जग्गाको खोजी भईरहेको जानकारी दिए । नेपाल सरकार कृषी तथा पशुपंक्षी विकास मन्त्रालयका सभिव गोविन्द्र प्रशाद शर्माले कणर्ालीका किसानहरुलाई व्यावसायीक बनाउनका लागी प्रशिक्षण केन्द्र लागी पर्नु पर्ने बताए । कुल ३ करोड ३७ लाखमा निर्माण भएको भवन नेपाल लाईभ स्टक सेक्टर इनोभेसन प्रोजेक्टले प्रशिक्षण केन्द्रलाई हस्तान्त्रण समेत गरेको छ ।

तपाईको प्रतिक्रिया