नेटामा माओवादी केन्द्रको बिस्तारित वडाभेला सम्पन्न


सुर्खेत । नेकपा माओवादी केन्द्र लेकवेशी ५ नेटाको बिस्तारित वडाभेला सम्पन्न भएको छ । समग्र लेकवेशीको राजनितिमा सकारात्मक सन्देश प्रबाह गर्ने प्रतिबद्वतासहित चरण बद्व भावी योजना निमाणर् गर्दै भलेला सम्पन्न भएको नेकपा माओवादी केन्द्र जिल्ला कमिटी सदस्य अजित बौडेलले जानकारी दिए । भेलाले टोलटोलमा टोल भेला संचालन गर्ने, नेटाको विद्युतीकरणका लागी पहल गर्ने निणर्य गरिएको छ । यस्तै भेलाले वडा सरकारको समिक्षा समेत गरेको छ । निर्वाचनका बेला पार्टीले तयार गरेको घोषणापत्र अनुसार काम गरेको समेत निष्कर्ष निकालेको छ । वडाको समग्र एकिकृत बिकासको लागि फेरि पनि नेकपा माओवादी पाटीकै नेतृत्वमा वडा सरकार बन्ने दावी गरिएको छ । वडा भेलामा नेपाली कंग्रेस र नेकपा एमाले परित्याग गरी दर्जनौ कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।


तपाईको प्रतिक्रिया