१२ वर्षीया बालिकालाई सामुहिक बलात्कार गर्ने दुइजना पक्राउ


सुर्खेत ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ मा १२ वर्षीया बालिकालाई सामुहिक बलात्कार गर्ने दुइजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हुम्लाको सर्केगाड गाउँपालिका–७, का १९ वर्षीय प्रकाश जैशी र सोही ठाउँकै २० वर्षीय रामकृष्ण जैशी रहेका छन ।
वीरेन्द्रनगर नगरपालिका वडा नं.–१२ नेवारमा बस्ने उनीहरुलाई बलात्कार भएको सूचना पाएलगत्तै अस्थाई प्रहरी पोष्ट सहकारी चोकबाट र नगर प्रहरी कार्यालय वीरेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई पक्राउ गरी हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।