
काठ्माडौ ।
शुक्रबार राति संयुक्त वक्तव्य जारी गर्दै नेकपा एमालेका ९ जना नेताहरुले पार्टीको एकतालाई जोगाउन आह्वान गरेका छन ।
उनीहरूले शुक्रबार राती जारी गरेको वक्तव्यमा नेकपा एमाले माधव नेपालसहित १४ जना सांसदलाई गरिएको कारबाही फिर्ता गर्न माग गरेका छन् । यता, माधव नेपालले पनि दल दर्ता प्रक्रियालाई स्थगित गर्नुपर्ने उनीहरूको माग छ।
यस्तै वक्तव्यमा कार्यदलले तयार पारेको १० बुँदे सहमति तत्काल कार्यान्यन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह समेत गरेका छन् ।
‘पार्टी विभाजनबाट कसैको पनि हित नहुने तथ्यलाई मनन गर्दै पार्टी अध्यक्षको तर्फबाट बिबेक र जिम्मेवारीबोधका साथ १० बुँदे सहमतिलाई यसको अक्षर र भावना अनुरुप तत्काल कार्यान्वयन गरियोस् । साथै बरिष्ठ नेता कमरेड माधवकुमार नेपाल लगायत १४ जना सांसदमाथिको कार्वाई फिर्ता गरियोस् र उहाँहरुबाट पार्टी खोल्नको लागि निर्वाचन आयोगमा शुरु गरिएको प्रक्रिया तत्काल रोकियोस् भनी हामी हार्दिक आग्रह गर्दछौँ,’ बक्तब्यमा भनिएको छ ।
यस्तो छ ९ जना नेताहरुको संयुक्त वक्तव्य ।





दर्शन खबर । ५ भाद्र २०७८, शनिबार