काठ्माडौ ।
वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ। कोरोना संक्रमण भएर लामो समयदेखि उपचाररत थापाको शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा निधन भएको जीवन थापाले जानकारी दिए।
६४ वर्षे थापाले टेलिफिल्म हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सैमा अभिनय गरेका थिए। केही ठूला पर्दाकाचलचित्र र विज्ञापनमा पनि उनी देखिँदै आएका थिए। थापाका श्रीमती, एक छोरो र एक छोरी छन्। (श्रोत ः सेतोपाटी)


दर्शन खबर । ५ भाद्र २०७८, शनिबार