सुर्खेत ।
रुकुम पश्चिमको मुसीकोट नगरपालिका ७ मा रहेको ठुली दहमा पौडी खेल्ने क्रममा एकै घरका दाजुभाइको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मुसीकोट नगरपालिका १ सल्लेका भिमबहादुर थापा र प्रेम थापा रहेका छन् । साथीहरुसँग घुम्न गएका उनीहरु पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी रुकुमका प्रहरी नायव उपरीक्षक धु्रवकुमार श्रेष्ठले जानकारी दिए ।


दर्शन खबर । ५ भाद्र २०७८, शनिबार