हिमशिखरले दियो २०० जना विद्यार्थीलाई निःशुल्क सिम

सुर्खेत ।

शुक्रबार जिल्लाको भेरिगंगा नगरपालिका ११ रामघाट सुर्खेतमा रहेको हिमशिखर बहुमुखी क्याम्पसले २०० जना विद्यार्थीलाई निःशुल्क सिम दिएको छ ।
हिमशिखर बहुमुखी क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष महेन्द्र प्रशाद जैसीको अध्यक्षतामा अनतरक्रिया कार्यक्रम सहित ब्याचलर लेभल स्नातक तहमा अध्यनरत बिद्यार्थीहरुलाई Ncell को सिम दिइएकोे हो ।


पछिल्लो समय  बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को कारणले विद्यार्थीको पढाई अबरुद्ध भएको कारण अनलाइन कक्षा सुरु गर्नु पर्ने भएकाले डाटा सस्तो हुने साथै बत्ती नभएको बेला पनि बिद्यार्थीको पढाई अबरुद्ध नहोस भन्ने उद्देश्यका साथ सिम वितरण गरिएको साहायक क्याम्पस प्रमुख बालकृष्ण बिसीले जानकारी दिए ।
यस्तै क्याम्पसका स्ववियु अध्यक्ष रमेश शर्माले Ncell सेन्टर सङ्ग सम्झौता गरी स्वतन्त्र विद्यार्थी युनियन र संथाको लगानीमा उक्त सिम ल्याइएको उल्लेख गर्दै कोभिड– १९ को कारणले गर्दा विद्यार्थीहरुलाई भौतिक रुपमा उपस्थित भइ पठनपाठानमा असहज भएको हुनाले अनलाइन माध्यमबाट पढाइलाई निरन्तरता दिन क्याम्पस प्रशासन र स्वतन्त्र विद्यार्थी युनियनको आर्थिक सहयोगमा सीम वितरण गरिएको जानकारी दिए ।
सिम वितरण कार्यक्रममा ब्यबस्थापन संकाय प्रमुख हरिस पाण्डे, शिक्षा संकाय प्रमुख लाल बहादुर खड्का, प्राध्यापक टिकाराम पौडेल लगायत अन्य प्राध्यापक सहित Ncell सेन्टर सुर्खेतका प्रमुख हर्ष बिक्रम खड्का लगायत अभिभावक र बिद्यार्थीको उपस्थित रहेको थियो ।


तपाईको प्रतिक्रिया