वीरेन्द्रनगरका ६४ सामुदायीक विद्यालयलाई ल्यापटप वितरण


सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले पालिका भित्र रहेका ६४ वटा विद्यालयलाई ल्यापटप वितरण गरेको छ ।
नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयलाई प्रतिविद्यालय एक वटाको दरले ल्यापटप वितरण गरिएको नगरपालिका उपप्रमुख मोहनमाया ढकालले जानकारी दिईन् । कोभिडको कारण शिक्षा क्षेत्रमा पारेको प्रभावलाई न्यूनीकरण गर्दै वैकल्पिक माध्यमबाट पठनपाठनलाई निरन्तरता दिन सो सहयोग गरिएको उनको भनाई रहेको छ ।
शिक्षालाई प्रविधिमैत्री र गुणस्तरीय बनाउने सहयोग पुग्ने उहाँले विश्वास नगरपालिकाले लिएको छ । आगामी दिनमा यस कार्यलाई निरन्तरता दिईने र यसको सही सदुपयोगले शिक्षालाई प्रविधिमैत्री बनाउन र गुणस्तरीयता कायम राख्न सहयोग गर्ने विश्वास नगरपालिकाले लिएको छ ।

तपाईको प्रतिक्रिया