सुर्खेत । सुर्खेती सर्जक धर्मराज गिरीको नयाँ तिज गित शिरफुल मेला बजारमा आएको छ । तिज गित हो मेरो साडी मैदानै लर्काउने, काकरीको अचार, माईतिको, सम्झना, यु.के को सहरमा किनेको सारी जस्ता सुपहिट गितको अपार सफलता संगै यस बर्ष पनि धर्मराज गिरिकै लय शब्द संगै चर्चित गाईका टीका पुनको स्वरमा शिरफुल मेरो रिलिज गरिएको छ ।
दीक्षा गिरीको अभिनय रहेको यस तिज गितको छायांकन अर्जुन सापकोटाले गरेका छन् भने सम्पादन तथा रंग संयोजन निर्मल प्याकुरेलले गरेका हुन् । नृत्य निर्देशन चन्द्र मन्दिरको निर्देशनमा रहको भिडियोको निर्देशन धर्मराज गिरी स्वयमले गरेका हुन् । श्रीनाथ फिल्मस्कोे पोस्ट प्रोडक्सन तथा बराहताल मुभी हाउसको व्यवस्थापनमा गितको भिडियो तयार गरिएको हो । भिडियो श्रीनाथ अनलाईन टि.भी को युटुब च्यानलबाट रिलिज गरिएको छ ।


दर्शन खबर । २ भाद्र २०७८, बुधबार