पाण्डेको अध्यक्षतामा वडा कमिटी गठन


लेकवेशी नगरपालिका वडा नं. ३ सुर्खेतमा तिलक प्रसाद पाण्डेको अध्यक्षतामा नेकपा (माओवादी केन्द्र) को २९ सदस्यीय वडा कमिटि गठन गरिएको छ ।
नेकपा (माओवादी केन्द्र) लेकवेशी नगर कमिटी सदस्य रामबहादुर चपाईको उपस्थितिमा २०७८ श्रावण २८ भएको अगुवा कार्यकर्ता भेलाले पाण्डेको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरेको हो ।
यस्तै भेलाले लेकवेशी नगरपालिका वडा नं ३ मै ४ वटा टोल कमिटी र सल्लाहकार कमिटी समेत गठन गरेको छ ।
पार्टी केन्द्रीय कमिटि र जिल्ला कमिटीको परिपत्र अनुसार वडा कमिटि र टोल कमिटी गठन गरिएको अध्यक्ष पाण्डेले जानकारी दिए ।


तपाईको प्रतिक्रिया