वडाध्यक्ष नेपालीको रिहाईको माग गर्दै प्रर्दशन


जाजरकोट । जुनिचाँदे गाउँपालिका वडा नम्वर २ का वडा अध्यक्ष राम बहादुर नेपालीको रिहाईको माग गर्दै स्थानियले प्रदर्शन गरेका छन् ।
केही दिन अगाडी स्थानीय सर्पे दमाईलाई वडा कार्यालयमा डोरीले बाँधेर कुटपिट गरेको आरोप लागेपछि प्रहरीले विहीबार विहान प्रकाउ गरी सदरमुकाम ल्याएको विरोधमा स्थानीयले प्रर्दशन गरेका हुन् ।
‘झुटो आरोप चाहिदैन्, प्रतिनिधी फसाउन पाईदैन्, पाईदैन् भन्दै स्थानीयले प्रर्दशन गरेका हुन् । जाँड खाएर वडा कार्यालयमा गएर ढुंगा प्रहार गर्ने सर्पेलाई वडाध्यक्षले नियन्त्रणमा लिई सबैको सल्लाहमा डोरीले बाँधेर राखिएको एक स्थानीयले बताए ।
जति सम्झाउँदा पनि नमानेपछि वडाध्यक्ष नेपाली लगायत अन्य व्यक्तिहरुको रोहवरमा जाँड खाएर मात्तिएका जड्या सर्पेलाई नियन्त्रणमा लिई बाँधिएको स्थानीयको भनाई छ ।


तपाईको प्रतिक्रिया