
सल्यान । बनगाड कुपिण्डे नगरपालिकामा भत्ता वुझ्न निकै सास्ती भएको छ । ८ महिना देखि सामाजिक सुरक्षा भत्ता नपाएका वृद्ध तथा जेष्ठ नागरिकहरु दुईदिन सम्म होटलको वास वस्नुपर्ने अवस्था छ । ८ घण्टा पैदल हिडेर निगालचुला देखि सल्लिवजार आएका धेरै जेष्ठ नागरिकले यो सिस्टमको विरोध गरे । सर्वसाधारण देखि,उपभोक्त हुदै जेष्ठ नागरिक समेत चर्को घाममा लाइन लाग्दा आजित हुन थालेका छन् । सल्लिवजारको सबै भन्दा ठुलो व्यापारीक केन्द्र जहाँ एउटा मात्रै बैंकिङ कारोवार हुने स्थान हो । यश विषयमा बनगाड कुपिण्डे नगरपालिका समेत मौन वसेको छ । नागरिकले बैंकिङ प्रणालीअनुसार छिटोछरितो सेवा पाउनुपर्नेमा हप्तौं दिन देखि पालो कुर्दा समेत नगर र बैंकको सम्झौतामा यहाँका नागरिकले प्रश्न उठाइ रहेका छन् । अर्को बैंक आउनका लागि नगरले अनुमती वा माग गर्नु पर्दछ तर तेसो नगरको देखिन्छ । उक्त लक्ष्मि बैंकसँग ३ वर्ष सम्झौता समेत नाघि सकेको छ । आम नागरिक वालवालिका, अपांग, जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता वुझ्नका लागि पाएको पीडा प्रती यहाँको स्थानीय सरकार वेखबर हुनुमा आशंका उब्जिएको छ ।
उनिहरु विहान ६ वजे देखि वेलुकि ७ वजे सम्म सडकमै वसेका छन् । भत्ता वुझ्न आएका वृद्धा नागरिक पानी, भोक, प्यास र शौचालयको समस्या झनै तड्पिरहेका हुन्छन् । वस्ने ठाउँ समेत नहुदा उनिहरु सडकमै दिनभर उभिएको दृश्य देख्न सकिन्छ । १२ नम्बर वडा देखि भत्ता वुझ्नको लागि दिएको पालो ८ नम्बर वडामा पुगेको छ ।एउटा् वडाको लागि २ दिनको समय तोकिएको बैंकले जानकारी दिएको छ ।अत्यधिक चाप भएकोले वडाको पालो अनुसार भत्ता बाँड्न थालेको जनाएको छ । यो आर्थिक वर्षको सुरुमा १ नं वडाबाट समाजिक सुरक्षा भत्ता वितरण गरिएको थियोे भने यो पालि अन्तिम वडा १२ बाट भत्ता वितरणको बैंकले पालो तोकिदिएको छ । यो नगरमा जम्मा ५ हजार ४ सय ७७ जनाले सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् । जेष्ठ नागरिक ७० वर्ष माथिका १ हजार ९६,६० वर्ष माथि र ७० तलका ३ सय २६, जेष्ठ नागरिक एकल महिला ३ सय ५२,एकल महिला ३ सय ५२,पुर्न अशक्त क वर्ग ६० जना, ख वर्गका १ सय १,दलित वालवालिका ६ सय ८६,पोषणयुक्त अन्य वालवालिका गरि २४ सय ४० ले उक्त भत्ता पाउने गरेका तथ्यांक रहेको छ । आषाढ १५ गतेसम्मको आवधिक र वठाहरुको जानकारी अनुसार हालसम्म २९ वढि जेष्ठ नागरिक दोस्रो अन्तिम चौमासिक भत्ता खान नपाइ मृत्यु भएका छन् । नगर र बैंकको ढिलाइले समाजिक सुरक्षा भत्ता बैंकमा जाँदा २९ जेष्ठ नागरिक भत्ता खान नपाइ मृत्यु भएको तथ्यांक रहेको छ ।


दर्शन खबर । २१ श्रावण २०७८, बिहीबार