सुर्खेतका सुकुम्बासीले दिए आन्दोलन गर्ने चेतावनी


सुर्खेत । भूमि सम्वन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निणर्यका विरुद्धमा सुर्खेतका सुकुम्बासीहरूल आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
विहिवार वीरेन्द्रनगर-२ कोलडाँडामाका सुकुम्बासी नागरिकहरुले मोहन सुनारको संयोजकत्वमा ५ सय १ जनाको संघर्ष समिती निर्माण गरेका हुन् ।
पुस्तौंदेखि बस्दै आएका सुकुम्बासीहरूले लालपुर्जा पाउने अन्तिम तयारी भइरहेको समयमा सरकारले भूमि आयोग विघटन नै गर्नु गलत भएको बताउँदै दबाबका लागि समिति बनाईएको संयोजक मोहन सुनारले जानकारी दिए ।
समितिले शुक्रबार वडा नम्वर २ को कार्यलयमा आयोगले सिफारिस गरे अनुसारको लालपुर्जा पाउँ भन्दै ज्ञापन पत्र पेस गर्ने तयारी समेत गरेको छ । संयोजक सुनारले राज्यले सुकुम्बासिको माग सुनुवाइ नगरे आन्दोलन गर्ने बताए ।
सुकुम्वासी, भूमिहिनका माग पूरा गराउन आफूहरू आन्दोलन गर्न बाध्य भएको भन्दै संयोजक सुनारले भने, ‘अहिले हामीले वडा स्तरबाट आन्दोलन शुरू गरेका छौं । भोलिका दिनमा राज्यले हाम्रो माग सम्वोधन नगरेको खण्डमा यो आन्दोलनलाई जिल्लाभरि विस्तार गर्ने योजना बनाएको संयोजक सुनारको भनाई रहेको छ ।


तपाईको प्रतिक्रिया