काठमाडौँ । देउवा सरकारले सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी आयोग खारेज गर्ने निणर्य गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।
उक्त आयोग केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको थियो । मन्त्रिपरिषद् बैठक आयोगको देशभरिकै संरचनाको खारेज गरेको हो ।
ओली सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बाँड्न भन्दै देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरेको थियो ।


दर्शन खबर । १९ श्रावण २०७८, मंगलवार