याेजना अनुगमनलाई तिब्रता दिदै मन्त्री थापा


सिम्ता । पछिल्लो समय कर्णाली प्रदेशका भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्री अम्मर बहादुर थापाले प्रदेश सरकारले निर्माण गरेका योजनाहरुको अनुगमनलाई तिब्रता दिएका छन् । यसैबिच शनिवार सुर्खेतको पुर्वी क्षेत्रमा रहेको सिम्तामा कर्णाली प्रदेश सरकारबाट निर्मित भौतिक संरचनाको स्थलगल अनुगमन तथा निरिक्षण गर्नु भएको छ ।
राकम, बजेडिचौर, काफलकोटका भैरहेका र सम्पन्न भैसकेका कार्यहरुको अनुगमन गर्नु भएको हो । भानु मावि बजेडीचौर, नेपाल राष्ट्रिय मा वि, मावि देउली लापु, सिर्पा देउलि काफलकोट सडक, जितेजुवा पाठोकाट्ना-काफलकोट सडकको स्थालगत अबस्था र अनुगमन गर्नुभएको हो ।
मन्त्री थापाले आफ्ना हितैसि साथि ऋषिलाई सम्झदा भावविह्वल भएको र ऋषि जन्म थलोमा पुगेर शर्माकोे सपना साकार गर्ने कसरत गरिरहने बताउनुभयो ।