भेरीगंगामा विभिन्न सिपमुलक तालिम सम्पन्न

भेरीगंगा। २ महिने बुटिक तालिम, ३ सय ९० घण्टे सिलाईकटाई र ६५ दिने ब्युटिपार्लर  तालीम सुर्खेतकाे भेरीगंगा नगरपालिकामा सम्पन्न भएको छ ।
शनीवार भेरीगंगा नगरपालिका  घरेलु तथा उद्योग विकास शाखाको आयोजनामा संचालित गरीबी निवारणका लागी लघु उद्यम बिकास कार्यक्रम अन्तर्गत सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका १२ छिन्चुमा तालीम सम्पन्न भएकाे हाे । ६५ दिने ब्युटिपार्लर सम्बन्धि प्राबिधिक सिप बिकास तालिम,सम्भाबित उद्यमीहरुका लागि २ महिने बुटिक तालिम र ३९० घण्टे सिलाईकटाई तालिम गरिबको रेखामुनी रहेका र सम्भाबित ब्यक्तिलाई स्वरोजगार बनाई उनिहरुको जिबिकोपार्जनमा सुधार हुने उद्देश्यले तालिम संचालन गरिएको नगरपालीकाले जनाएकाे छ ।प्रबिधि हस्तान्तरण ३९० घण्टे सिलाइ कटाई तालिममा १० जनालाई सिलाइ मेसिन साथै अन्य सामाग्री बितरण तथा २ महिनेबुटिक तालिममा उक्त बुटिक समुहलाई बुटिक तान पनि बितरण गरिएको थियो । भेरीगंगा नगरपालिका वडा नम्वर १२ का वडाअध्यक्ष हरि प्रशाद कंडेलको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हाे ।
समापन कार्यक्रममा भेरीगंगा नगरपालिकाका प्रमुख भुपेन्द्र बहादुर चन्द,उपप्रमुख रेणु आचार्य ढकाल, प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेत, उद्यम बिकास शाखा प्रमुख पिताम्बर पौडेल, मेड्पा फोकल पर्सन चित्रा डाङ्गी ,उद्योग बाणिज्य संघ भेरीका महासचिव पुर्ण बहादुर खत्री,आर्थिक बिकास समिती संयोजक कर्ण बहादुर मिजार र उद्यम बिकास सहजकर्ता लाल बहादुर कार्कीको पनि सहभागी रहको थियाे ।

तपाईको प्रतिक्रिया