गौसाला निर्माणको माग गर्दै, नगरपालिकाको कार्यालयमा गाई हुलेर स्थानिय विरोध


सल्यान । छाडा गाईबस्तुले खेतबारीमा लगाएको अन्न बाली नष्ट पार्न थाले पछी छाडा बस्तुभाउ लिएर किसानहरु नगरपालिकाको कार्यलय पुगेका छन् ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको कार्यालय हाताभित्र शुत्रवार १ सय ५३ वटा छाडा गाई बस्तु लिएर सल्लीबजार क्षेत्रका किसानहरु नगरपालिकाको कार्यलय पुगेका हुन् ।
सल्लीबजार आसपास क्षेत्रमा छाडा पशुपौपाय तथा गाईहरूले खेतमा लगाएको अन्नबाली खाएर नस्ट गरेपनी नगरपालिकाले कुनै समाधान नदिएको भन्दै स्थानिय किसानहरूले छाडा गाइगोरु जम्मा गरेर नगरपालिका कार्यालय भित्र हुलेर बिरोध जनाएका हुन् ।
छाडा पशुचौपायाले लगाएको वालिनालि खाएर चौपट्टै पारेपछि आक्रोशित स्थानीयले छाडा गाइगोरु जम्मा गरेर नगरपालिका कार्यालयमा हुलेर बिरोध जनाएका हुन ।
नगरपलिकाको कार्यालयको गेट भित्र हुलेर अम्राका स्थानीयले दिर्घकालिन समाधानको माग राखेका छन् । छाडा छोडेका पशुचौपायाले हिउँदे र वर्षे वालि खाएर सखाप पार्ने गरेको छन् । छाडा गाइहरूको ब्यवस्थापन गर्न गौशाला निर्माण गर्नुपर्ने उनिहरूको माग छ ।

तपाईको प्रतिक्रिया