जेष्ठ नागरिकलाई स्वास्थ्य शिविर संगै वडा सरकारको सम्मान


सुर्खेत । भेरिगंगा नगरपालिका वडा नम्वर १० मा ७० वर्ष भन्दा माथीका जेष्ठ नागरिकहरुलाई सममान गरिएको छ । शनिवार भेरिगंगा नगरपालिका वडा नम्वर १० को अयोजना तथा नगर स्वास्थ्य शाखा भेरिगंगाको समन्वयमा जेष्ठ नागरिक सम्ममा तथा स्वास्थ्य शिविरको आयोजना गरिएको हो । गएको वर्ष कोभिडका कारण सामाजिक विकासको क्षेत्रमा लाभ पुग्ने गरि काम गर्न नसकिएको भएतापनी यस वर्ष भने सामाजिक विकासका कामहरलाई अगाडी बढाईएको भेरिगंगा नगरपालिक वडानम्वर १० ले जनाएको छ ।
जेष्ठ नागरिक शिविरमामा आफु जीता जेष्ठ नागरिकहरुलाई सहभागी गराई स्वास्य शिविर संचालन गरेकोमा आफुलाई खुशी लागेको बताउनु हुन्छ ८६ वर्षका जेष्ठ नागरिक दल बहादुर रोकाय ।
यस्तै अर्का जेष्ठ नागरिक तुला बहादुर घर्तीलाई पनी वडा सरकारले आफुहरुका लागीे गरेको स्वास्थ्य शिविर तथा सम्मान कार्यक्रम राम्रो लागरेको र गाउँघरमै सरकार आएको अनुभव भएको छ । जेष्ठ नागरिक स्वास्थ्य शिविरमा सहभागी हुनुभएकी अर्का सहभागी जल कुमारी बादीले भने वडा सरकारले समयमै सामाजिक सुरक्षा भत्ता दिएर विहान बेलुकाको छाक टार्न सहजीकरण गरिदिन वडा सरकारलाई अनुरोध गर्नु भएको छ ।
भेरीगंगा नगरपालिकाले आगामी आर्थिक वर्षमा सबै वडाहरुमा लक्षीत वर्गका कार्यक्रमहरु संचालन गर्ने गरि निति तथा कार्यक्रम निर्माण गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत बहादुर बस्नेतले जानकारी दिनुभयो ।

वडा सरकारले आगामी वर्षमा जेष्ठ नागरिक, युवा, बालबालीका, महिला तथा लक्षीत वर्गहरुका लागी जनचेतनामुलक कार्यक्रम संचालन गर्ने तयारी गरिएको वडा अध्यक्ष मान बहमदुर बुढा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार भेरिगंगा नगरपालिका वडा नम्वर १० मा करिव १ सय ३० जना जेष्ठ नागरिकहरु रहका छन् । वडा सरकार वडापालिकाको पुर्वाधार विकास संगसंगै समामाजिक विकासमा पनी लागी परको वडा अध्यक्ष बुढा मगरको भनाई रहेको छ ।

 

तपाईको प्रतिक्रिया