सुर्खेतको सिम्ता र सल्यानको पश्चिम क्षेत्र सञ्चार बिहिन

सुर्खेत । केहीदिन देखी परेको अविरल बर्षका कारण सिम्ता सहित सल्यानको पश्चिीमी क्षेत्रमा विद्युत संगै टेलिफोन सेवन अवरुद्ध भएको छ ।
भारि वर्षाका कारण फोन सेवा अवरुद्ध भएका स्थानियहरुले जानकारी दिएका छन् । लगातारको वर्षाका कारण कुन टावरमा खराबी छ भन्ने कुरा नेपाल टेलिकमलाई समेत जानकारी छैन । स्काई, नमस्ते, ईन्टरनेट फाइबर सेवा समेत बन्द रहेको छ ।
टेलिकमले टावरहरुमा सोलार व्याट्रीको पावरको कन्नेक्सन अपुग भएका कारण समस्या हुन सकेको जानकारी दिएको छ ।
उच्च भुभागमा रहेका लेकहरुमा सोलार प्यानलबाट ती टावरले काम गरिरहेका छन् । धेरै लामो समय घाम नभए वद्लि र भारि वर्षाले समस्य उत्पन्न भएको नेपाल दुर सञ्चार प्राधिकरण कर्णाली प्रदेश कार्यालयले जानकारी दिएको छ ।
कहाँ के खराबी रह्यो भने कुराका चेकजाँचको लागि प्राविधिक टोलि फिल्ड पठाइ सकेको र भारि वर्षाका कारण केही कठिनाइ भएको जनाएको छ । ३ दिन पछि विद्युत सेवा सुचारु भए पनि फोन सेवा चाहिँ सुचारु हुन सकिरहेको छैन ।

तपाईको प्रतिक्रिया