सुर्खेत । चौकुने गाउँपालीका अध्यक्ष धिर बहादुर शाहिले रेक्चा खानेपानीकाे चौतर्फी विकासमा लाग्न आग्रह गर्नु भएको छ ।
पछिल्लो समय खानेपानी आयोजना विथोल्ने प्रयास भएको भन्दै सचेत रहन चौकुने बासिलाई सुझाव दिनु भएको छ ।
अध्यक्ष शाहीले केही दिन अगाडी रेक्चा जाने रोडमा अनाधिकृत तवरले स्काभेटर प्रयोग गर्न लागिएको विषयमा भएको मोबाइल सम्बादको अडियो रेकर्ड सामाजिक संजालमा सार्वजनिक भएको प्रति विज्ञप्ती जारी गर्दै ध्यान आकर्षण भएको बताउनु भएको छ ।
चौकने गाउँपालीकाले करिब चार महिना लगाएर काम गरी राना गैराबाट रेक्चा भर्खर मोटर बाटो पुगेको अवस्थामा, यसैमा स्काभेटर ल्याएर तलमाथि हिडालेको बहानामा विभिन्न क्षेत्रबाट पैसा असुल्ने कार्य प्रति सबैलाई सजग गराउनु मेरो दायित्व र कर्तव्य दुवै हो । विज्ञप्तमिा भनिएको छ ।
रेक्चामा खानेपानी ल्याउनका लागि १ करोड ७२ लाखको ठेक्का भई कार्य संचालन भैरहेको बेला त्यसलाई विथोल्ने तथा अवरोध गर्ने षड्यन्त्र खेदजनक मात्र होइन अपराधिक मानसिकताको पराकाष्ठा भएको पनी विज्ञपतीमा उल्लेख गरिएको छ ।
सहि ढंगले समाज सेवागर्नेलाई हाम्रो सदा सहयोग रहदै आएको कुरा जानकारी गराउन चाहन्छु । त्यसैले रेक्वावासी आमाबुवा, दाजुभाई तथा दिदिवहिनीहरु “अपराधिक तथा महाअपराधिक गतिविधिका भ्रममा नपरौं, रेक्वाको चौतर्फी विकासको महाअभियानमा अगाडी बढौं“ भन्ने आग्रह गर्न चाहन्छु । विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्ती पढ्नुहाेस ।



दर्शन खबर । ३ असार २०७८, बिहीबार