महिनावारी दिवश भेरिगंगामा पनी मनाईयो

भेरिगंगा । अन्तराष्ट्रीय महिनावारी स्वच्छता दिवस भेरिगंगामा पनी जनचेतनामुलक कार्यक्रम गरि मनाईएको छ । नगर कोभिड अस्पताल रातचौरमा कोरोना परिक्षण गर्न आउने १ सय १२ जना महिलाहरुलाई प्याड वितरण तथा महिनावारी भएको समयमा अपनाउनु पर्ने सावधानीका बारेमा जानकारी गराउँदै दिवश मनाईएको नगर उपप्रमुख रेणु आचार्यले जानकारी दिनुभयो ।
कार्यक्रममा महिनावारी हुँदा सरसफाइमा ध्यान दिनुपर्ने र स्वच्छतामा ध्यान नदिँदा किशोरी तथा महिलाहरुको स्वास्थ्यमा गम्भीर असर पर्ने विषयमा जानकारी दिईएको उहाँले बताउनु भयोे ।
महिनावारी भएको समयमा सावधानी अपनाउन नसक्दा महिला तथा किशोरीको स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको र पानी, स्यानेटरी प्याडलगायतको सहज उपलब्धता नहुँदा, सरसफाइमा ध्यान दिनुपर्ने कुरामा ज्ञान नहुँदा महिनावारी स्वच्छतामा असर पुग्ने गरेको भन्दै जनचेनता दिईएको उपप्रमुख आचार्यले जानकारी दिनु भयो ,।

तपाईको प्रतिक्रिया