सुर्खेत । बैशाख १५ गते देखी सुर्खेतमा जारी निषेद्याज्ञा १० दिन थपिएको छ ।
आज बसेको कोरोना संटक व्यवस्थापन समितिको बैठकले २५ गतेसम्म निषेध आदेश थप गर्ने निणर्य गरेको हो ।
‘संक्रमित नघट्दासम्म निषेध आदेश थप्नु नै उत्तम हुने भएपछी निषेद्याज्ञा थप्ने निणर्य भएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।
सुर्खेतमा झण्डै तीन हजार सक्रिय संक्रमित छन् । बैशाख १४ गतेदेखि जारी भएको निषेध आदेश आज एक महिना पुगेको छ ।


दर्शन खबर । १४ जेष्ठ २०७८, शुक्रबार