
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ९ पातालगंगा गाउँमा डिप बोरिङ खन्दा खानेपानी कुवा सुक्न थालेको छ ।
कुवा सुक्न थालेपछी स्थानियले एक विज्ञप्ती जारी गर्दै प्रशासन कार्यालय सुर्खेतलाई विहिवार ध्यानाकर्षण समेत गराएका छन् । पातालगंगा गाउँका करिव ८० घरपरिवारले प्रयोग गर्दै आईरहेको कुवा नजिक बोरिङ खन्दा खानेपानी सुक्न थालेको हो । बोरिङ खन्न थालेपछी पातालगंगा आसपासका जलासय तथा ईनारहरु पनी सुक्न थालेकाे स्थानिय कृष्ण बहादुर चौधरीले बताउनुभयो ।
कृषी विकास निर्देशनालय कणर्ाली प्रदेशको सिचाई आयोजना अन्तरगत गणेशजल कृषी आत्म निर्भर समुह मार्फत डिप बोरिङ खन्न सुरु गर्दा समुहले स्थानियहरु संग छलफलनै नगरी अवैधानीक तरिकाले काम गर्दा यस्तो परिणाम आएको उहाँले बताउनुभयो ।
सरकारी बजेटकोे ब्यक्तीगत जग्गामा प्रयोग गर्ने, र वातावारणीय प्रभाव मुल्याकंन नगरी काम गर्दा यस्तो समस्या आएको हो ।



दर्शन खबर । १४ जेष्ठ २०७८, शुक्रबार